Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

सामाजिक विकास संस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित

उद्‌घोष संवाददाता
२३ साउन २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्नुहुँदा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि सर्वसम्मतिले पारित भएको हो ।

यसअघि विधेयकको दफावार छलफलमा कोशी प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । 

मन्त्री राईले दफावार छलफलमा उठेका विषयमा सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सामाजिक संस्थालाई नियमन, व्यवस्थापन, सम्वद्र्धन र सूचीकृत गर्न विधेयकले मद्दत गर्ने बताए ।

उनले सरकारको कामकाजमा महत्वपूर्ण योगदान दिइरहेका सामाजिक संस्थाहरु सूचीकृत भएमा हरेक संस्थाको काम, भूमिका र प्रभावबारेमा सरकारलाई जानकारी हुने भन्दै संस्थाहरुको कामलाई अझ व्यापक, व्यवस्थित र फराकिलो बनाउन विधेयक कोशेढुंगा सावित हुने बताए ।

विशेष समय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक विद्या चाम्लिङ राईले मुलुकी अपराध संहितामा बहुविवाह गर्नु अपराध मानेको कानुनलाई संशोधन गरी बहुविवाहलाई कानुनी मान्यता दिन खोज्नु महिला अधिकारको अपमान हो भने । 

यस किसिमको कानुनबाट समाजमा अझै विकृति र विसङ्गति बढ्ने भएकाले कुनै पनि हालतमा यो कानुन बन्न नहुने उनले बताए ।

शून्य समय शून्य समयमा कोशी प्रदेशसभाका सदस्यहरु सविना बजगाईँ, विनोद राई, गणेशप्रसाद उप्रेती, गोम्बु शेर्पा, शोभ चेम्जोङ, रमेशकुमार बस्नेत, नम्वरलाल धिमाल र खगेश्वरी पौडेलले प्रदेशको विविध समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको अर्को बैठक यही साउन २५ गते आइतबार दिउँसो १ बजे बस्नेछ । रासस

View : 435

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved