Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

योग शिक्षकलाई साकाहारी हुन जोड

उद्‌घोष संवाददाता
८ भदौ २०८२, आइतवार

विराटनगर I कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले  नयाँ योगशिक्षकहरुलाई साकाहारी अभियानमा लाग्न सुझाव दिएका छन् । विराटनगर–१ स्थित त्रिवेणी वाचनालयमा भएको सह–योगशिक्षक तालिमको समापनका अवसरमा बोल्दै स्वस्थ जीवनका लागि सात्विक जीवन व्यतीत गर्न अनुरोध गर्दै वैदिक सनातन हिन्दु राष्ट्र निर्माणमा सवै लाग्नु पर्ने बताए ।

महिला पतञ्जली योग समिति विराटनगर महानगरले आयोजना गरेको १५ दिने योग  प्रशिक्षण कार्यक्रमबाट २४ जना नयाँ योग प्रशिक्षक महानगरमा थपिएका छन् ।  
कार्यक्रममा वाचनालयलाइ योगमय बनाउन सक्रियतापूर्वक लागि परेकी पार्वती घिमिरे, वरिष्ठ प्रशिक्षक तेजराज कोइराला र जेष्ठ सदस्य प्रेमप्रसाद रिजाललाई पराजुलीले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

वाचनालयमा हुने योग शिविरमा सहभागीका लागि स्थानीय प्रदिपध्वज कार्की दम्पतीले  बस्न्यौटो (कार्पेट) उपलब्ध गराएका छन् । महिला पतञ्जली योग समिति विराटनगर महानगरकी अध्यक्ष कुमारी तामाङ, सचिव यसोदा मैनाली, महासचिव दीपा बस्नेतलगायतले  सहभागिलाई प्रशिक्षण दिएका थिए । 

बजरङ्वली योग साधना केन्द्रमा दीक्षान्त  समारोह
विराटनगर–२ स्थित बजरङ्गवली योग साधना केन्द्रमा सञ्चालित सह–योगशिक्षक प्रशिक्षण शुक्रबार समापन भएको छ । प्रशिक्षणमा सहभागी ३१ जना दीक्षित भएको आयोजक पतञ्जली योग महानगर समितिका महासचिव पह्लाद दङ्गालले बताए । 

समितिकी अध्यक्ष शिल्पा प्याकुरेलको नेतृत्वमा भएको योग प्रशिक्षण शिविर महेन्द्रोश्वर शिवालय एवम् पुस्पलाल सामुदायिक योग साधना केन्द्रमा पनि सञ्चालन भैरहेको दङ्गालले बताए । विराटनगरलाई योग नगरी घोषणा गर्न नियमित योग शिविर, योग शिक्षक प्रशिक्षण तथा योगमा गरेको योगदानलाई महानगर योग दर्पण प्रकाशन गरेर दस्तावेजीकरण गर्ने कार्य समेत गर्दै आएको समितिका कोषाध्यक्ष मोहन पाण्डेले बताए । 

View : 714

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved