Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

महिलालाई बेकरी बनाउने तालिम

९ जेठ २०८२, शुक्रवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा परोपकार महिला समूहले आयोजना गरेको १५ दिने बेकरी तालिम बिहीबारदेखि सुरू भएको छ । 

सुन्दरहरैंचा वडा नं. १२ स्थित गोल्डेन क्राउनमा सुरु भएको तालिममा २४ जना महिलाहरूको सहभागिता रहेको छ ।

सुन्दरहरैंचाकी उपप्रमुख अकली चौधरीले तालिमको उद्घाटन गरेको थिइन् । 

महिलाहरूलाई व्यावहारिक सीप प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको  परोपकार महिला समूह सुन्दरहरैंचाकी अध्यक्ष निरु बजगाईले जानकारी दिइन् ।

View : 525

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved