भद्रपुर (झापा) । भद्रपुर नगरपालिका–८ स्थित संगम चोकमा शुक्रबार राति आगलागी भएको छ। स्थानीय गणेश गौतमको तीन तल्ले पक्की घरको पहिलो तलामा अचानक आगो सल्किएपछि मध्यरातमा स्थानीयबासी त्रसित बनेका थिए।
राति करिब ११:२० बजे विद्युत् सर्ट भई सुरु भएको आगलागीका कारण घरको मिटर बक्स पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयवासीको तीव्र सक्रियताका कारण आगोलाई तत्कालै नियन्त्रणमा लिन सम्भव भएको हो।
सबैको सामूहिक प्रयासले आगो पूर्ण रूपमा निभाउन सफल भएपछि साे क्षेत्रमा हुन सक्ने ठूलो भौतिक क्षति जोगिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साे दुर्घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको र अहिले सो क्षेत्रको स्थिति सामान्य रहेको जानकारी दिएको छ।
पक्की घरमा भएको आगलागीलाई समयमै नियन्त्रण गर्न सकिएकाले धनजनको क्षति हुनबाट बचाउन सकेकाे भन्दै स्थानीयले प्रहरी र दमकल टोलीको प्रशंसा गरेका छन् ।
View : 185
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved