विराटनगर । कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको सातौं तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको सभाको बर्षे अधिवेशन आगामी जेठ ४ गते दिउँसो २ बस्ने गरी बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार प्रदेश प्रमुख खापुङ्गले बैठक आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।
बैठकले सुनसरीको कोशी गाउँपालिकाको केन्द्र हेरफेर गर्ने सम्बन्धि प्रस्तावलाई स्वीकृत गर्दै नेपाल सरकार समक्ष सिफारिस गरेको छ ।
त्यस्तै कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०८२ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
बैठकले वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको उनले बताए ।
View : 28
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved