Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सभामुखसँग उद्योगी व्यवसायीको छलफल

२३ वैशाख २०८१, आइतवार

विराटनगर । मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी र उद्योग संगठन मोरङका पदाधिकारीहरूले सभामुख देवराज घिमिरेसँग भेटघाट तथा छलफल गरेका छन् ।

शनिबार मोरङ उद्योग व्यापार संघमा भेला भएका उद्योगी व्यवसायीहरूका तीनवटा संस्थाले संघमा सभामुख घिमिरेसँग समसामयिक विषयमा छललफल गरेका हुन् ।

कार्यक्रममा संघका अध्यक्ष नवीन रिजालले उद्योग व्यवसाय क्षेत्रका वर्तमान समस्याहरूबारे जानकारी गराउँदै तत्कालै सुधारात्मक नीतिहरू अवलम्बन गर्नुपर्ने  सुझाव दिए  ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योगीहरूको मनोवल बढाउने कार्यमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष एवं संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले पनि स्वदेशी उद्योग र उद्योगीहरूको संरक्षण एवं सम्वर्द्धनमा सरकारले तदारुकताका साथ चासो दिनुपर्ने बताए । उनले उद्योगहरूको  संरक्षणका लागि सरकारबाट अपेक्षित नीतिगत सुधारहरूसहितको सुझावपत्र सभामुख घिमिरेलाई बुझाएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, संघका पूर्वअध्यक्ष महेश जाजू, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायत तीनवटै संघ संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, महिला उद्यमी  र युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।

View : 58

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved