Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

कान्तिपुर कलेजले कक्षा १२ का विद्यार्थीलाई बिदाई

उद्‌घोष संवाददाता
९ वैशाख २०८१, आइतवार

Advertisement

विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजले ९ औं ब्याचमा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई शनिबार बिदाई गरेको जनाएको छ । 

विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टका गरी ८३७ जना विद्यार्थीलाई मायाको चिनोसहित बिदाई गरेको हो ।

कक्षाको अध्ययन पुरा गरी वार्षिक परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीलाई कलेजका अध्यक्ष खुशीराज श्रेष्ठ, प्रिन्सिपल भुवन नेपाल, कलेजका निर्देशक प्रा डा. तेजनारायण मण्डल, डा. जनक अधिकारी, सञ्चालक प्रदिप दास, विष्णु दाहाल, सन्तोष भगत र शंकर काफ्ले तथा विज्ञान सङ्कायका को–अर्डिनेटर हिमाल बरालले उज्जल भविष्यको शुभकामना दिए । सोही अवसरमा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न नृत्य गरेका थिए । 

बिदाई कार्यक्रममा बिदाई हुने विद्यार्थी उदित्यनारायण पण्डित, पंकज यादव, निश्चल आचार्य र राम खड्काले कलेजमा बितेका दुई वर्षको अनुभव साटेका थिए ।

कार्यक्रममा कलेजले दिएको आन्तरिक तथा हिसानले दिएको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो ।

बिदाई कार्यक्रमको अवसरमा कक्षा–१२ का विज्ञान संकायका विद्यार्थीबिच पोस्टर प्रतियोगिताको आयोजना गरेको थियो । 

रसायन र भौतिक शास्त्रमा अध्ययन गरेका विद्यार्थीलाई पोस्टर प्रतियोगितामा सहभागि गराएको थियो । दुवै संकायका प्रथम हुने विद्यार्थीलाई नगर ५ हजार नगदसहित पुरस्कार गरेको कलेजले जनाएको थियो ।

View : 444

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved