Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्टमा कक्षा १ का विद्यार्थीहरुको दीक्षान्त

उद्घोष सम्वाददाता
२७ चैत २०८०, मङ्गलवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तीर्ण विद्यार्थीको सोमबार दीक्षान्त समारोह सम्पन्न भएको छ । प्ले ग्रुपदेखि कक्षा १ सम्मको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरिएको विद्यालयले जनाएको छ ।

एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तीर्ण गरेका ७६ जना बालबालिकालाई दीक्षित गरिएको एभरेष्ट मन्टेश्वरीकी इन्चार्ज मेलिना ओलीले बताइन् । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले युगअनुसार अभिभावकले समेत रुपान्तरण हुन सके बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने बताए ।

दीक्षान्त समारोहमा अभिभावकका तर्फबाट विचार राख्दै डा. एलिना बरालले एभरेष्ट मन्टेश्वरीमा बालबालिकालाई हरेक दिन नयाँपन दिने वातावरण बनेको भन्दै प्रशंसा गरिन् । दीक्षान्त समारोहमा बालबालिकाले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्दै अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

View : 124

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved