Biratnagar, Morang, Nepal
२३ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

तीन हिमाली जिल्लामा पर्यटक बढाउने कार्यक्रम ल्याउछौं : मन्त्री राना

उद्‌घोष सम्वाददाता
९ मंसिर २०८१, आइतवार

इलाम । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउनका लागि तयारी अघि बढाइरहेको बताएका छन् । 

उनले पर्यटक वृद्धिका लागि भने कोशी प्रदेशका तीन हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलखुम्बुमा अझ धेरै विदेशी पर्यटक भित्र्याउनका लागि नयाँ कार्यक्रम ल्याउने बताए ।

कोशी प्रदेश होटल महासंघको शनिबारदेखि इलाममा सुरु भएको दोस्रो अधिवेशन तथा दुई दिने फुड फेस्टिभलको उद्घाटन गर्दै मन्त्री मगरले कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सरकारले गत असोज १६ मै २०८२ साललाई पर्यटन वर्ष घोषणा गरिसकेको जानकारी दिए ।

‘सरकारले हिमाली, पहाड र तराईका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा थप पर्यटक पुर्याउन योजनाको विकास गर्दैछ’ मन्त्री मगरले भने, ‘तीन हिमाली जिल्लामा विशेष कार्यक्रम ल्याउँछौं, हिमाली जिल्लामा अझ धेरै पर्यटक पु¥याउन सकेमात्रै विदेशी डलर भित्रिन सक्छ, त्यसबाट प्रदेशको विकासमा थप सहयोग पुग्न सक्छ ।’ 

उनले पर्यटन वर्ष घोषणा भइसकेका कारण अब सरकारले त्यसका लागि थप तयारी अघि बढाएको जानकारी दिए । मन्त्री मगरले प्रदेशका विभिन्न दुई सय गन्तव्य सार्वजनिक गरी ती स्थानमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने पनि बताए । 

उनले आगामी माघमा कोशी प्रदेश लगानी सम्मेलन आयोजना गर्ने र वर्षको अन्त्यतिर अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी समेत अघि बढाएको जानकारी दिए । दुईवटै कार्यक्रमलाई पर्यटन वर्षसँग जोडेर अघि बढाइने जनाइएको छ ।

View : 135

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved