Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

अरनिकोबाट कक्षा १२ का ९२५ विद्यार्थीको बिदाई

उद्घोष सम्वाददाता
२४ चैत २०८०, शनिवार

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरूलाई भव्य कार्यक्रमका साथ बिदाई गरेको छ ।

विज्ञान र व्यवस्थापन संकाय तर्फ कक्षा १२ मा अध्ययन सकेका २३ औं ब्याचका नौ सय २५ जना विद्यार्थीहरूलाई शनिबार बिदाई गरिएको हो । 

कार्यक्रममा विद्यालयले कक्षा ११ तर्फ लिएको दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरू परिक्षित गुरागाईँ, संस्कृति रोका, विधान यादव तथा कक्षा १२ तर्फ तेजस्वी आचार्य, राकेश कुमार साह, अनन्त बस्नेत र व्यवस्थापनतर्फ मनिषा ढकाललाई नगदसहित पुरस्कृत गरिएको थियो । विद्यालयका प्रिन्सिपल राजेश कार्कीसहित संस्थापक निर्देशकहरू डा. भविन्द्र निरौला, विकास खनालले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

प्राध्यापकहरू विद्यालयका शिक्षकहरू विमल भट्टराई र अरुण कोइराला लगायतले शुभकामना दिएका थिए । सोही अवसरमा आन्तरिक खेलकुद तथा हिसान खेल महोत्सवका विजेता खेलाडीलाई सम्मानित गरिएको जनाइएको छ ।

कलेजका विद्यार्थीहरू विभषना किरण रेग्मी र विवेक रौनियारले कलेजमा अध्ययनका क्रममा प्राप्त गरेका अनुभव सुनाएका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन लगायत मनोरञ्जनात्मक कार्यक्रम गरेका थिए ।

View : 72

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved