विराटनगर । कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले विराटनगरमा सोमबार गरेको कार्यक्रममा सहभागी वक्ताहरुले ज्येष्ठ नागरिकको स्याहार, सहयोग र सम्मान गर्ने पद्धतिको सवलीकरण गनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक विकास मन्त्री पाँचकर्ण राईले ज्येष्ठ नागरिकको सहयोग गर्ने कार्यमा आफू सकारात्मक रहेको बताउँदै सक्दो सहयोग गर्ने बताए ।
महासंघका प्रदेश अध्यक्ष मणि अर्ज्यालले ज्येष्ठ नागरिकलाई सबल बनाउन उद्देश्य किटान गरी योजना कार्यान्वयन गर्न समिति लागेको बताए ।
महासंघ कोशीका महासचिव यज्ञेश्वर निरौला, गोग्राहा विद्यालयकी पूर्व प्रअ मीना जोशी, ज्येष्ठ नागरिक महासंघ मोरङका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयकी उपसचिव दुर्गा बराल लगायतले ज्येष्ठ नागरिकलाई सम्मानित जीवनयापन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सुरेशकुमार श्रेष्ठ दम्पत्तीले ज्येष्ठ नागरिक महासंघको कार्यालय भवन निर्माण गर्न विराटनगर–१ भट्टचोकमा एक कठ्ठा जग्गा निःशुल्क दिएको जानकारी गराइएको थियो ।
३४ औं ज्येष्ठ नागरिक दिवसको अवसरमा गरिएको सो कार्यक्रममा डा प्रभात चालिसेले विस्मृति रोग (डिमेन्सिया) बारे जानकारी गराएका थिए ।
View : 293
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved