Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

सनातनबाट पुरुषोत्तम भट्टराई सम्मानित

उद्‌घोष संवाददाता
३१ असोज २०८२, शुक्रवार

Advertisement

विराटनगर ।  सनातन धर्म सेवा समिति, विराटनगर–२, मोरङले नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईलाई सम्मान तथा तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।    ’ॐ धर्मो विश्वस्य जगतः प्रतिष्ठा’ (धर्म नै विश्व र जगतको आधार हो) भन्ने मूल मर्मका साथ सनातन धर्म सेवा समितिले हरेक वर्ष चाडपर्वहरूमा यस्ता धार्मिक र सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

बिहीबार विराटनगरमा गरिएको कार्यक्रममा शुभकामना आदानप्रदानका साथै सनातन धर्म र समाजका लागि योगदान पु¥याएका विद्वत् व्यक्तित्व पुरुषोत्तम भट्टराईको विशेष पूजन तथा सम्मान गरिएको होे । 

संस्थाका सभापति कविराज न्यौपाने, सचिव पं माधवप्रसाद काफ्ले,  प्राडा गोपालप्रसाद भण्डारी, प्राडा मेदिनी शर्मा नेपाल, पं भवानीशंकर निरौला, प्राडा चक्रपाणी नेपाल, डा भरत भट्टराई, व्यवसायी सुरेशराज शर्मा, उपभोक्ता अधिकार अभियन्ता कृष्ण मार्सेली, चेतना प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी लगायतले सम्मानित भट्टराई ९८ वर्ष पुगेर पनि आफ्नो कर्ममा लागिरहेको भन्दै प्रशंसा गरेका थिए । 

सो अवसरमा बोल्दै सम्मानित विद्वान भट्टराईले वर्तमानमा आफ्नो संस्कार र संस्कृतिमा खस्किरहेकोले यसलाई संरक्षण गर्न युवा पुस्ताले ध्यान दिनुपर्नेमा जोड दिए ।  कार्यक्रम संयोजक गोकुल अधिकारीले धार्मिक आस्था र सामाजिक सद्भाव अभिवृद्धि गर्न सनातन धर्म समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । 

View : 572

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved