Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

गुराँस लघुवित्तको साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
१९ पुष २०८०, बिहिवार

विराटनगर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा भेडेटार धनकुटामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष श्री उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०७९–८०को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. २०७९–८०को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणसहित वित्तीय विवरणहरु तथा संस्थाको नियमावलीको दफाहरु संशोधनको प्रस्ताव पारित गरेको छ ।

सो सभाले  साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त दुई जना संचालक पदमा विराटनगर–१२ निवासीद्वय अर्जुनप्रसाद निरौला र रुजा कोइराला नियुक्त गरेको छ ।

कोशी प्रदेशस्तरीय कार्यक्षेत्र रहेको सो  वित्तीय संस्थाले ३३ वटा शाखा कार्यालयमार्फत ग्रामीण क्षेत्रका २० हजार भन्दा बढी गरिब तथा सीमान्तकृत वर्गलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

View : 528

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved