Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ग्रामथानमा माओवादी अगाडि, एमाले तेस्रो

उद्‌घोष सम्वाददाता
१७ मंसिर २०८१, सोमवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रले निरन्तरता अग्रता बढाइरहेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि छाड्दै माओवादीका नमो नारायण माझीले अग्रता कायमै राखेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार माझीले ५ हजार ६०७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार १६७ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेकपा एमालेका तुलसी राम विश्वासले २ हजार ७४१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार थन्दारले ४३६, राष्ट्रिय स्वतन्त्र पार्टीका नविन कुमार विश्वास खवासले २७३, नेकपा एसका दिल बहादुर विश्वकर्माले ११७, स्वतन्त्र उम्मेदवार नम नारायण चौधरी थारुले ११२ मत प्राप्त गरेका छन् । 

बाँकी ९ उम्मेदवारले भने एक सय भोट कटाउन सकेका छैनन् ।

२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । यहाँ १५ वटा राजनीतिक दल र एक स्वतन्त्रसहित १६ उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।

View : 132

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved