Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

२४ योग शिक्षक दीक्षित

उद्‌घोष संवाददाता
२७ माघ २०८१, आइतवार

विराटनगर । पतञ्जली योग समिति नेपालको आयोजना तथा ज्येष्ठ नागरिक योग ध्यान केन्द्र विराटनगर–११ को समन्वयमा भएको सह–योगशिक्षक तालिमबाट २४ जना दीक्षित भएका छन् । सो प्रशिक्षणमा उत्कृष्ट हुने लक्ष्मी अधिकारी, यमुना कोइराला, राम खेलौन मेहतालाई पुरस्कृत गरिएको छ ।

शनिबार भएको कार्यक्रममा प्रशिक्षार्थीहरूलाई कोशी प्रदेशसभा सदस्य भीम पराजुली, पतञ्जली योग समिति कोशी प्रदेश प्रमुख मिस्टरप्रसाद चौधरी, सचिव शोभा कोइराला, मोरङ अध्यक्ष सुरेश अग्रवाल, मोरङ

महिला अध्यक्ष लक्ष्मी चौधरी, महानगर उपाध्यक्ष कुमारी तामाङ र  विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । 

सो अवसरमा ज्येष्ठ नागरिक केन्द्रका अध्यक्ष अर्जुन भट्टराई,  मोरङका वरिष्ठ कविराज बैजनाथ  साह, इन्द्र खतिवडा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै विराटनगरका पूर्वमेयरसमेत रहेका पराजुलीले विराटनगरलाई अध्यात्मिक नगर बनाउने कार्यमा पतञ्जली योग समितिको कार्यले सहयोग पु¥याइरहेकोमा प्रशंसा गरेका थिए ।

View : 693

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved