Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लेखनाथ वाचनालयमा योग शिक्षक प्रशिक्षण सुरु

उद्‌घोष संवाददाता
७ वैशाख २०८३, सोमवार

विराटनगर । महिला पतञ्जली योग महानगर समिति विराटनगरको आयोजनामा विराटनगर–१२ बखरीस्थित लेखनाथ वाचनालयमा योग शिक्षक प्रशिक्षण सुरु भएको छ। विराटनगरलाई योगमय बनाउने अभियान अन्तर्गत आइतबारदेखि सञ्चालन गरिएको सो तालिमको उद्घाटन पतञ्जली योग समिति कोशी प्रदेशका सह–प्रभारी गोविन्द खड्काले गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विराटनगरलाई योगको केन्द्र बनाउन निरन्तर प्रयासहरू भइरहेको  थियाे । 

सो अवसरमा पतञ्जली योग समिति विराटनगर महानगरका अध्यक्ष माधव अधिकारीले लेखनाथ वाचनालय योग साधना केन्द्रले योगको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे । उनले योग र ध्यानमार्फत स्वस्थ नागरिक निर्माण गर्ने पतञ्जलीको लक्ष्यलाई सार्थक बनाउन यस्ता प्रशिक्षणले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

लेखनाथ वाचनालय योग साधना केन्द्रकी संयोजक यशोदा शिवाकोटी मैनाली र वाचनालय अध्यक्ष सीता लामिछानेको विशेष सक्रियतामा सो प्रशिक्षण आयोजना गरिएको हो।

तालिममा नयाँ योग शिक्षक बन्नका लागि २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको महिला महानगर अध्यक्ष कुमारी तामाङले जानकारी दिए । कार्यक्रममा जिल्ला सङ्गठन सचिव महेन्द्र वस्ती, पूर्व अध्यक्षद्वय ध्रुव तामाङ र सुरेश अग्रवाल तथा महिला महानगर महासचिव दीपा बस्नेत लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरे ।  उद्घाटन समारोहमा पतञ्जली कोशी प्रदेश सचिव शोभा कोइराला लगायत चारै तहका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति  थियो।

May be an image of one or more people, people performing martial arts, people practicing yoga and temple

View : 82

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved