झापा । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अबरुद्ध भएको छ ।
यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
उनका अबरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ । यसअघि साँझ सुक्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो ।
तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो ।
इलामको रोङ गाउँपालिका–४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको हो ।
सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।
सडक मर्मत भइरहेको स्थानमा ३०/४० मिटरमाथिबाट ढुङगासहितको सुख्खा पहिरो झरी ट्रक पुरिएको जनाइएको छ । अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
View : 153
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved