Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

ब्रिज इन्टरनेशनलको कन्सलटेन्सीको छैटौँ शाखा खुल्यो विराटनगरमा

उद्‌घोष सम्वाददाता
२ भदौ २०८१, आइतवार

विराटनगर । ब्रिज इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको छैटौँ राष्ट्रिय शाखा विराटनगरमा संचालनमा आएको छ । शनिबार भव्य कार्यक्रमका साथ उक्त कन्सल्टेन्सीको शाखा उद्‌घाटन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले गरेका छन् ।

भट्टराईले विद्यार्थीलाई राम्रो शैक्षिक परामर्श दिनको लागि ब्रिज इन्टरनेशनल कन्सलटेन्सी विश्वसनीय रहेको बताए । नेपाली विद्यार्थीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिने हैसियत प्रदान गर्नका लागि हरेक शैक्षिक परामर्श केन्द्रहरूले इमान्दारपूर्वक काम गर्नुपर्ने उनले सुझाव दिए ।

नेपालमा अति विश्वसनीय रुपमा सेवा प्रवाह गर्दै आएको यस कन्सल्टेन्सीले ९ वर्षदेखि उत्कृष्ट रुपमा शैक्षिक परामर्श र भिसा सर्भिस प्रदान गर्दै आएको जनाइएको छ । 

ब्रिज इन्टरनेशनल एजुकेशन कल्सल्टेन्सीका कार्यकारी अध्यक्ष भुवन गिरीले हाल विभिन्न मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीहरूबाट धेरै विश्वास प्राप्त गरेको बताए । उनले विश्वविद्यालयहरूले उपलब्ध गराउने पहिले सूचना नै ब्रिज इन्टरनेशनल एजुकेशन कल्सल्टेन्सीले प्रदान गर्ने दाबी गरे ।

कन्सल्टेन्सीले हाल ६ वटा देशहरू अस्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत, क्यानाडा र अमेरिकामा विश्वविद्यालय र शैक्षिक संस्थाहरूमा विद्यार्थीहरू पठाउने गरेको र त्यहाँ आवश्यक पर्ने थप सहयोगहरू प्रदान गर्दै आएको गिरीले बताए । हालसम्म नेपाल र विदेशमा गरी ११ वटा शाखा संचालनमा रहेको जनाइएको छ ।

उनले विदेशमा पुगेपछि आइपर्ने रोजगारीको समस्या र आवासको व्यवस्थापनमा समेत यस कन्सल्टेन्सीले विद्यार्थीहरूलाई पर्याप्त सहजीकरण गर्दै आएको जानकारी दिए । साथै विदेशमा विद्यार्थीहरु पुगेपछि उनीहरूलाई एयरपोर्टबाट पिकअप गर्नेदेखि ट्राभल कार्ड बनाउने लगायतका सम्पूर्ण सुविधाका लागि सहयोग गर्ने गरेको बताए ।

चाँडै नै डेनमार्क र फ्रान्समा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाइएको छ । हालसम्म ब्रिज इन्टरनेशनल एजुकेशन कल्सल्टेन्सी मार्फत १० हजार बढी विद्यार्थी विदेश गइसकेको बिर्तामोड शाखाका प्रमुख सुशील भण्डारीले जानकारी दिए । उनले बेलायतको भिसा प्रक्रियामा ब्रिज इन्टरनेशनल एजुकेशन कल्सल्टेन्सीले भिसा सफलता ९९ प्रतिशत रहेको दाबी गरे ।

भण्डारीले एक महिनाभित्रै झापाको धुलाबारी, नेपालगन्ज नयाँ शाखा तथा काठमाडौँ थप शाखा खुल्ने जानकारी दिए ।

बृज इन्टरनेशनल एजुकेशन कल्सल्टेन्सी विराटनगरका प्रमुख प्रज्ज्वल गिरीको अध्यक्षता भएको कार्यक्रममा बृज इनटरनेशनल बेलायतका निर्देशक एन्डि हप्किन्स, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल, शिक्षादीप कलेजका व्यवस्थापन सङ्कायमा प्रमुख शैलेन्द्र सिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

शाखा उद्घाटनको अवसरमा चर्चित गायक हिमाल सागरले गीत गाएर रमाइलो प्रदान गरेका थिए ।

View : 307

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved