विराटनगर । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गोविन्द घिमिरेले बुधबारबाट औपचारिक रुपमा कार्यभार सुरु गरेका छन् ।
चार वर्षे कार्यकालका लागि नियुक्त घिमिरे करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा आवद्ध व्यक्ति हुन् । उनी सन् २००९ देखि एनएमबी बैंकमा आबद्ध छन् ।
घिमिरे यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए । सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
घिमिरेलाई गत फागुन २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
घिमिरे ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रूपमा चिनिन्छन् । बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा उनले योगदान पुर्याएका छन् ।
कार्यभार सुरु गर्दै उनले आफ्नो प्राथमिकता अब नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रीत हुने बताएका छन् ।
View : 120
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved