Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

‘प्राडा थपलियाको सय दिन उपलब्धीपूर्ण’

उद्‌घोष संवाददाता
३० साउन २०८१, बुधवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) का उपकुलपति प्राडा बिजुकुमार थपलियाको सय दिनको कार्य उपलब्धीपूर्ण भएको जनाइएको छ । 

पूवि प्राध्यापक संघका सभापति यज्ञप्रसाद जम्मरकट्टेलले उपकुलपतिमा नियुक्त भएका प्राडा थपलियाको पहिलो एक सयदिनको कार्य उपलब्धीपूर्ण रहेको बताए । 

पूविभित्रबाट नै पूरा कार्यकालका लागि उपकुलपति नियुक्त भएकाले प्राडा थपलियाले राम्रो गरेको बताए । 

उनले भने, ‘पूवि भित्रैबाट उपकुलपति नियुक्त गरिएकोले सबैमा उत्साह छाइ वृहत्तर हितका लागि काम भैरहेको छ, तर बाहिरबाट आएका (क्रिविबाट आएर नियुत्त भएका) बाट पूरा सहयोग मिलेको छैन ।’

उनको नियुक्तिले पूविका प्राध्यापक, कर्मचारीको आत्मसम्मान बढी गौरवको अनूभूति भएको, पूवि सभा (सिनेट) समयमा नै बसेको, आन्तरिकतर्फको विज्ञापन खुल्ने तयारी भएको, एक सय शय्याको अस्पतालको लागि सरकारबाट बजेट विनियोजन भई  सञ्चालनका लागि अन्तिम तयारी भइसकेको, बीएससी नर्सिङ कोटा ४० बाट ६० जना पुर्‍याउनेलगायत तयारी भएको जमरकट्टेलले बताए । 

पूवि व्यवस्थापन क्याम्पस (पुसोम) मा कार्यरत प्राडा थपलिया गत बैशाख १८ गते उपकुलपति नियुक्त भएका थिए ।

View : 1454

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved