काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा स्थान सुरक्षित गर्न विराटनगर किंग्सका लागि आज अन्तिम अवसर हुनेछ ।
विराटनगर किङ्स र लुम्बिनी लायन्सबीचको प्रतिस्पर्धामा विराटनगरले जित्नैपर्ने भएको हो ।
कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
एनपीएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
आजको खेलले प्रतियोगिताको अंकतालिकामा पनि प्रभाव पार्नेछ ।
View : 35
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved