विराटनगर । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को वार्षिक अवार्ड समारोहमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उत्कृष्ट प्रदर्शन गर्दै ‘क्लिन स्वीप’ गरेको छ ।
क्लबले सबैभन्दा प्रतिष्ठित तीन सम्मान— आउटस्ट्यान्डिङ क्लब, आउटस्ट्यान्डिङ प्रेसिडेन्ट र आउटस्ट्यान्डिङ सेक्रेटरी एकै साथ जितेको हो ।
क्लबकी अध्यक्ष गिरिजा सारडा ‘आउटस्ट्यान्डिङ प्रेसिडेन्ट’ तथा सचिव पूनम राठी ‘आउटस्ट्यान्डिङ सेक्रेटरी’ घोषित भएका छन् ।
उक्त अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ‘आउटस्ट्यान्डिङ क्लव’ को सर्वोच्च सम्मान हाँसिल गर्न सफल भएको छ ।
वातावरण संरक्षण, स्थानीय अर्थतन्त्र प्रवद्र्धन, ह्याप्पी स्कूल तथा बाल विकास क्षेत्रमा उत्कृष्ट कार्यका लागि चार विधामा समेत डाउनटाउन विजेता बनेको छ ।
क्लब प्रशासन, सेवा परियोजना तथा वार्षिक कोष योगदानतर्फ प्रथम रनरअप, द रोटरी फाउन्डेशन, पब्लिक इमेज र रोग रोकथाम तथा उपचारतर्फ द्वितीय रनरअप सम्मान प्राप्त गर्दै क्लबले कुल १५ वटा सम्मान प्राप्त गरेको हो ।
क्लबलाई सत् प्रतिशत ‘टीआरएफ गिभिङ क्लब’ को मान्यता समेत प्रदान गरिएको छ ।
सोही अवसरमा क्लवकी सदस्य रोटेरियन सुनिता अग्रवाललाई जिल्लास्तरीय मूल्याङ्कन टोलीमा पु¥याएको योगदानको कदरस्वरूप विशेष प्रशंसापत्रले सम्मान गरिएको थियो ।
क्लबले महत्वपूर्ण उपलब्धि प्राप्त गरेको भन्दै अध्यक्ष गिरिजा सारडाले यस्तो सफलता कुनै एक व्यक्ति वा पदाधिकारीको नभई सम्पूर्ण क्लब परिवारको सामूहिक प्रयास, समर्पण र सेवाभावको प्रतिफल भएको बताइन् ।
उनले सदस्यहरूको सक्रिय सहभागिता, बोर्डको नेतृत्व तथा समुदायको विश्वासले क्लबलाई यो उचाइमा पु¥याएको उल्लेख गरिन् ।
रोटरी वर्ष २०२५–२६ मा शिक्षा, स्वास्थ्य, वातावरण, बाल विकास, आर्थिक सशक्तीकरण तथा सामुदायिक सेवाका क्षेत्रमा सञ्चालन गरिएका प्रभावकारी कार्यक्रमहरूको मूल्याङ्कनका आधारमा क्लबलाई यी सम्मान प्रदान गरिएको जनाइएको छ ।
डिस्ट्रिक्ट ३२९२ अन्तरगत नेपाल र भुटानका सयौं रोटेरियनहरू सहभागी समारोहमा विराटनगर डाउनटाउनको यो उपलब्धिलाई उल्लेखनीय सफलताका रुपमा रेकर्ड बनेको छ ।
View : 381
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved