Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरी यातायातमा अब अनलाइन भुक्तानी, टोकन प्रणाली पनि सुरू

उद्‌घोष संवाददाता
८ वैशाख २०८३, मङ्गलवार

सुनसरी । सेवाग्राहीको अत्यधिक चाप व्यवस्थापन गर्न इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी र टोकन प्रणाली सुरू गरिएको छ । 

सोमबार आयोजित एक कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले सो प्रणालीको उद्घाटन गरेका हुन् । 

इटहरीमा रहेको यातायात व्यवस्था कार्यालय सवारीमा अनलाइन भुक्तानी प्रणाली लागू गरिएको छ भने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को कार्यालयमा टोकन प्रणाली लागू गरिएको हो । 

मन्त्रालयका अनुसार कोशी प्रदेशमा रहेका यातायात कार्यालयहरू मध्ये इटहरीबाट पहिलो पटक यस्तो डिजिटल प्रणाली सुरू गरिएको हो । यसलाई क्रमशः अन्य जिल्लामा रहेका कार्यालयहरूमा पनि विस्तार गर्ने तयारी गरिएको जनाइएको छ ।

कार्यालयका अनुसार दैनिक अत्यधिक भिडका कारण सेवाग्राहीले लामो समय लाममा बस्नुपर्ने समस्या देखिएको थियो । 

नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले अनलाइनमार्फत भुक्तानी गर्न सक्ने र टोकन प्रणालीबाट पालोअनुसार सेवा लिन सक्ने भएकाले झन्झट घट्ने अपेक्षा गरिएको यातायात व्यवस्था कार्यालय सवारीका प्रमुख मानबहादुर देबकोटाले जानकारी दिए ।

कार्यालयका अनुसार अनलाइन सेवाबाट सेवाग्राहीले घरबाटै सवारी कर तिर्न सक्नेछन् । 

तर त्यसलाई भीआरएस प्रणालीसम्म जोड्न भने कार्यालयमै सम्पर्क गर्नुपर्नेछ । यसका लागि कार्यालयले छुट्टै कक्ष स्थापना गरेर सेवा सुरू गरिएको जनाएको छ ।

View : 83

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved