Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले मोरङको अधिवेशनमा ९१४ प्रतिनिधि कायम

पार्टीले मलाई नै सर्वसम्मत बनाएर लान्छ : बाबुराम कार्की

उद्‌घोष सम्वाददाता
१६ फागुन २०८१, शुक्रवार

विराटनगर । नेकपा एमाल मोरङकोे शनिबारदेखि सुरू हुने १० औं जिल्ला अधिवेशनका लागि ४६ जना प्रतिनिधि मनोनित गरिएका छन् । प्रतिनिधिको संख्या ९१४ कायम भएको छ । जिल्लाका १५९ वटा वडाबाट ६९२ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् ।

जिल्ला अधिवेशनको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले ४६ जना प्रतिनिधिको मनोनित समेत सकिएकोले कुल प्रतिनिधिको संख्या ९१४ कायम भएको बताए । त्यसैगरी २३ वटा जनसंगठनबाट १०१, विशेष क्षेत्रबाट २४, दलितबाट ५१ जना प्रतिनिधि छनोट भएको  उनले जानकारी दिए ।

अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाइएको छ । फागुन १८ गते निर्वाचन कार्यक्रम प्रकाशन गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी रहेको उनले बताए । 

अधिवेशनको बन्दशत्र सञ्चालनका पार्टी केन्द्रीय कमिटी सदस्य जिवन घिमिरेको अध्यक्षतामा केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय सल्लाहकार कमिटी सदस्य यशोदा अधिकारी, पूर्वअध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश कमिटी सदस्य खेम नेपाली रहेको ७ सदस्यीय अध्यक्ष मण्डलको प्रस्ताव गर्ने तयारी रहेको जनाइएको छ ।

नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा डिल्ली घिमिरे, विश्वराज भट्टराई, विवेक तिम्सिना, सञ्जय मेहता, अविनारायण श्रेष्ठ, राधा उराव, सविता घिमिरे र सुष्मा अधिकारी रहेको ७ सदस्यीय निर्वाचन कमिटी गठन गरेको जनाइएको छ ।

त्यस्तै यज्ञ शर्माको संयोजकत्वमा रूपेश खतिवडा, केदार कार्की, कञ्चनकला वर्मा र डिल्ली कर्ण प्रसाई रहेको पाँच सदस्यीय माइन्युट लेखन कमिटी गठन गरिएको अध्यक्ष कार्कीले बताए ।

यसैबीच, अध्यक्षमा दाबी गरे पनि सर्वसम्मत रूपमा प्रतिनिधि छनोट हुन नसकेकी अन्जु उपाध्यक्ष मनोनित कोटाबाट प्रतिनिधि चयन भएकी छन् । 

बिहीबार मनोनित भएका ४६ जना मध्ये उपाध्याय पनि मनोनित भएको जनाइएको छ । अध्यक्षको आकांक्षीका रूपमा चर्चामा रहेका पर्शुराम बस्नेत, रूपेश खतिवडा, इरान राई भने प्रतिनिधिमा मनोनित नभएको एमाले स्रोतले जनाएको छ ।

अध्यक्षका दाबेदार रहेका वर्तमान संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले आफूलाई नै पार्टीले सर्वसम्मत रूपमा अध्यक्षका रूपमा प्रस्ताव गर्ने दाबी गरेका छन् । 

पार्टीभित्र कसैको पनि राजनीतिक र बैचारिक धार मुल नेतृत्वभन्दा बाहिर नरहेकोले आफू सर्वसम्मत अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन् ।

पार्टीभित्र अनावश्यक बहस र अतिरञ्जना आवश्यक छैन, पार्टीभित्र अहिले पनि बिचारको एकता जरूरी छ, पार्टीभित्र एउटै धार छ’ कार्कीले भने, ‘पार्टीले मलाई सर्वसम्मत बनाएर लान्छ भन्ने विश्वास गरेको छु, किनभने मेरो नैसर्गिक रूपमा दाबी गर्ने ठाउँ छ, म दौडबाट बाहिरिएको छैन ।’

उनले अध्यक्षमा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले समेत दाबी प्रस्तुत गरेको बताए । तर राईले आफु सहमतिको बाधक नरहेको स्पष्ट पारेको कार्कीले बताए ।

View : 367

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved