Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

कानेपोखरीमा ३० असल संरक्षकलाई सम्मान

उद्‌घोष संवाददाता
८ जेठ २०८२, बिहिवार

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा ३० जना ज्येष्ठ नागरिक र उनीहरूका संरक्षकहरूलाई असल संरक्षक सम्मान प्रदान गरिएको छ ।

गाउँपालिकाका २ नम्बर वडा कार्यालयले बिहीबार उनीहरूलाई ‘जेष्ठ नागरिक तथा असल संरक्षक सम्मान’ प्रदान गरेको हो ।

गाउँपालिकाकी प्रमुख राजमती इङ्नामले सम्मानपत्र प्रदान गरिन् । उनले जेष्ठ नागरिकहरू समाजका आधारस्तम्भ भएपनि आफ्नै घरमा अपहेलनामा पर्ने गरेको बताइन् । यस्तो अवस्थामा कानुनी उपचार लिन आग्रह गरिन् ।

गाउँपालिकाले पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेको जानकारी दिइन् ।

वडाध्यक्ष सुशील बुढाथोकीले समाजमा ज्येष्ठ नागरिकप्रति जम्मेवारी र आदरभाव व्यक्त गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

View : 344

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved