विराटनगर । कोशी प्रदेशमा चैत महिनामा भएका सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाएका छन् ।
चैत महिनामा भएका कुल ५२८ वटा दुर्घटना भएकोमा ३१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा ८७० जना व्यक्तिहरू घाइते भएका छन् ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक सन्तोष श्रेष्ठका अनुसार सबैभन्दा बढी सवारी दुर्घटना सवारी चालककै लापरबाहीले भएका छन् ।
ट्राफिक नियम उल्लंघनका कारण ४३, गलत ओभरटेकका कारण ९३, मादक पदार्थ सेवनबाट ३२, चालकको असक्षमताका कारण १२ र अन्य लापरबाहीले २३० वटा दुर्घटना भएको जनाइएको छ ।
ट्राफिक प्रहरीका अनुसार अर्को सवारी साधनका कारण २१, यात्रुका कारण ५७, सडकको अवस्थाका कारण २२, मौसमका कारण २ र पशुचौपायाका कारण ४ वटा दुर्घटना भए ।
एक महिनामा कोशी प्रदेशभरी ७ हजार ८० वटा सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेका कारण कारबाही गरिएको र ८० लाख ४२ हजार ५०१ रुपैयाँ जरिवाना असुल भएको जनाइएको छ ।
सो अवधिमा एक हजार ८१४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको श्रेष्ठले बताए ।
View : 137
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved