सुनसरी । बराहक्षेत्र नगरपालिका–७ लक्ष्मी टोलस्थित एक कुखुरा फार्ममा जूवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार राति ११ः३० बज इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीम भण्डारीको कुखुरा फार्ममा छापा मारेको थियो ।
प्रहरीले जूवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिई १३ थान कौडा र नगद ८१ हजार ९५० रुपैयाँ बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र–१ का आशीष श्रेष्ठ, २ का बालकृष्ण खड्का, ४ का रमेश लोहनी र वडा नम्बर ७ का राज श्रेष्ठ, मणिराज भण्डारी, इन्द्र राई, सबिन तामाङ, बाबुराम दाहाल, सुमन दाहाल र सुमन तामाङ छन् ।
त्यस्तै, सिद्धिचरण नगरपालिका–१ ओखलढुंगाका शक्तिमान थिङ पनि पक्राउ परेका छन् ।
पक्राउ परेका ११ जनालाई बरामद नगद तथा कौडासहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
View : 25
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved