विराटनगर । अखिल भारतीय माहेश्वरी युवा संगठनको पूर्वाञ्चल उपाध्यक्षमा विराटनगर निवासी भास्कर सोनी निर्विरोध निर्वाचित भएका छन् ।
पूर्वाञ्चलमा नेपाल, भुटान, बंगलादेश र भारतका बिहार, झारखण्ड, पश्चिम बंगाल, उडिसा र सिक्किम पर्दछन् ।
भारतको उत्तर प्रदेशस्थित गोवर्धन मथुरामा आइतबार सम्पन्न भेलाले नयाँ कार्यसमिति निर्वाचन गरेको हो ।
अखिल भारतीय माहेश्वरी युवा संगठनको अध्यक्षमा जयपुर (राजस्थान) का अनुज सोनी र पूर्वाञ्चलको संयुक्त मन्त्रीमा रोहित झँवर (उडिसा) निर्वाचित भएका छन् ।
समितिको तीन वर्षे कार्यकाल हुन्छ । भास्कर सोनी राउन्डटेबल नेपालका राष्ट्रिय सचिव हुन् ।
यसअघिको कार्यसमितिमा पनि विराटनगरका विवेक राठी पूर्वाञ्चल संयुक्त मन्त्री भएका थिए ।
त्यसैगरी विराटनगरबाट पूर्वाञ्चल उपाध्यक्षमा अमित राठीले प्रतिनिधित्व गरेका थिए । विगत पचास वर्षदेखि सो संगठन सक्रिय रहँदै आएको छ ।
View : 111
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved