Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अष्टचिरञ्जीवीमा २५ योग शिक्षक दीक्षित

५ असोज २०८२, आइतवार

विराटनगर । पतञ्जली योग समिति विराटनगरको आयोजनामा दुईहप्ते योग शिक्षक प्रशिक्षण शिविर शनिबार समापन भएको छ ।  अष्टचीरञ्जीवी योग साधना केन्द्रको संयोजकत्वमा आयोजित सो  तालिममा २५ जना दीक्षित भएका हुन् ।

पतञ्जली योग समिति नेपालका आजीवन सदस्य चन्द्रमणि गुरागाईं मुख्य प्रशिक्षक एवम् महिला पतञ्जली योग विराटनगरकी अध्यक्ष कुमारी तामाङ, मोरङका महासचिव फडिन्द्र अधिकारी, चक्र लुइटेल, वैजनाथ साहलगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । 

समापन समारोहमा कोशी प्रदेशसभाका सदस्य भीम पराजुली, पतञ्जली योग समिति कोशीका सह–अध्यक्ष गोविन्द खड्का,  विराटनगर महानगर अध्यक्ष माधव अधिकारी, महिला महासचिव दीपा बस्नेत लगायतले योगको महत्वमाथि प्रकाश पारेका थिए । 

तालिमबाट रवि शर्मा, गोपाल पोखरेल, प्रनिता बस्नेत, शान्ता पोखरेल, सीतादेवी रेग्मी, टीकादेवी रिजाल, पुष्पाकुमारी बस्नेत कार्की,कमल दाहाल,रश्मी दाहाल, संगीता उपाध्याय पोखरेल, कल्पना विमली, रमा मैनाली प्रसाईं, चमलबहादुर बस्नेत, चुडामणि विश्वकर्मा दीक्षित भए ।

यसैगरी मदन निरौला, शंकर कार्की, रेखा श्रेष्ठ, भगवती कार्की पाण्डे, अञ्जली कोइराला, धनकुमारी राउत, सुजता शाह, गुणाकुमारी कार्की, व्युटी बर्णवाल, अशोक भगत र कमला डंगोल योगशिक्षकका रुपमा दीक्षित भए ।  

विराटनगर–८ स्थित अष्टचिरञ्जीवी मन्दिर समितिले धार्मिक कार्यका साथै युवा तथा बालसंस्कारको कार्य गर्दै आएकोमा हाल आएर योगलाई पनि आफ्नो कार्ययोजना अन्तर्गत राखी आफ्नो भवनमा  छुट्टै योग कक्ष पनि सञ्चालन गर्दै आएको छ । अहिले आएर योग शिक्षक प्रशिक्षण नै गराई मधुमारा क्षेत्रलाई मात्र नभएर विराटनगर–८ लाई नै योग वडा बनाउने वडाध्यक्ष राम पोखरेलको लक्ष्यलाई साकार बनाउन सहयोग पुर्‍याइ रहेको योग प्रशिक्षक ध्रुव तामाङ बताउँछन् ।

View : 405

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved