Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

त्रियुगा नदीमा झोलु्ङ्‍गे पुल निर्माण

उद्‌घोष संवाददाता
६ चैत २०८२, शुक्रवार

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो ।

चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार २८० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको सो पुल निर्माण गर्न करिब रु ६० लाख खर्च भएको छ ।

सो स्थानमा पक्की पुल निर्माण नहुँदा चौदण्डीगढी नगरपालिकाका त्रियुगा नदी पारीका वडा नं १०, ५ र ९ का बासिन्दालाई कठिनाइ भएको थियो ।

वर्खामा डुङ्गाको प्रयोग गरेर नदी तर्नुपर्ने बाध्यता थियो । झोलङ्गे पुल निर्माण भएपछि उक्त क्षेत्रका झण्डै पाँच हजार बासिन्दालाई बेल्टार बजार आवतजावत गर्न सहज भएको नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले बताइन् । 

त्रियुगा नदीस्थित बेलहीमा २०६७ सालमा नै पक्की पुल निर्माण थालिएको थियो । यसका लागि रु ११ करोड २७ लाख विनियोजन गरिएको थियो ।

विसं २०७८ मा त्रियुगाको बाढीले पक्की पुलको तीन पिलर र स्ल्याब भत्काएको थियो ।

“पक्की पुल पुनःनिर्माणका लागि अनुरोध गरे पनि सुनुवाइ भएन, स्थानीयको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरेका हौँ”, उपप्रमुख दुलालले भनिन् ।

View : 126

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved