Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा ढाका महोत्सवको तयारी

‘नेपाली भेषभूषा हाम्रो बोली, ढाकाको सारी ढाका कै चोली’  भन्ने मूल नारा राखेर आयोजना हुने महोत्सवमा सहभागी हुने महिला उद्यमीहरुलाई स्टल निशुल्क गरिएको नेपाल उद्योग महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक  श्याम भण्डारीले जानकारी दिए ।
उद्‌घोष संवाददाता
२० फागुन २०८१, मङ्गलवार

विराटनगर । ढाका उद्योगको प्रवर्द्धन, बजारीकरण र आधुनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरमा ढाका महोत्सव आयोजना गर्ने तयारी भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश अन्तर्गतको महिला उद्यमी विकास समितिले आगामी चैत्र ७ गतेदेखि ९ गतेसम्म ढाका महोत्सव गर्ने तयारी गरेको हो ।

महिला उद्यमी विकास समितिकी संयोजक सरु केसीका अनुसार विराटनगरको जैन भवनमा हुने ढाका महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका  ढाका उद्योगसँँग सम्बन्धित करिब ३ सय महिला उद्यमीहरुको सहभागिता र ढाका कपडा र त्यसबाट बनेका तयारी कपडाको प्रदर्शनी हुने छ ।

यसका साथै ढाका कपडाका लागि चर्चित पाल्पाली ढाका उद्योगसँग सम्बन्धित उद्यमीहरु पनि महोत्सवमा सहभागी हुने छन् । तीन दिनसम्म चल्ने महोत्सवमा ढाकाको कपडाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिनुका साथै ढाका उत्पादक, उद्यमी र वितरकसहित विज्ञहरुको पनि जमघट हुने जनाइएको छ ।

महोत्सवमा ढाका कपडा तान प्रतियोगिता, संस्कृतिसँग जोडेर ढाकाको फेशन शो, ढाका पोशाक प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको महिला उद्यमी विकास समितिकी संयोजक केसीले जानकारी दिइन् । 

‘नेपाली भेषभूषा हाम्रो बोली, ढाकाको सारी ढाका कै चोली’ भन्ने मूल नारा राखेर आयोजना हुने महोत्सवमा सहभागी हुने महिला उद्यमीहरुलाई स्टल निशुल्क गरिएको नेपाल उद्योग महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण (श्याम) भण्डारीले जानकारी दिए ।

View : 691

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved