Biratnagar, Morang, Nepal
२५ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट व्यापार संघको होली मिलन भव्य (फोटो)

उद्‌घोष सम्वाददाता
८ चैत २०८०, बिहिवार

विराटनगर । विराट व्यापार संघले यस वर्षको होली पर्वको अवसरमा आयोजित होली मिलन कार्यक्रम भव्य रुपमा मनाएको छ । 

विराटनगरका व्यापारी व्यवसायीहरूको हकहितका लागि सङ्गठित बन्दै आएको संघले नयाँ नेतृत्व चयन गरेसँगै होली मिलन कार्यक्रमलाई भव्यता प्रदान गरेको हो । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, उद्योग संगठन मोरङ मोरङका अध्यक्ष राकेश सुराना, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा लगायतका अग्रज उद्योगी व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

संघले होली मिलन कार्यक्रमका अवसरमा विभिन्न गीत संगीत, नृत्य लगायतका प्रस्तुति समेत राखेको थियो । उद्योग व्यवसाय क्षेत्रबाट गीत संगीतमा रुचि राख्ने व्यक्तिहरूले पनि होलीका गीत गाएर रमाइलो गरेका छन् ।

होली मिलन कार्यक्रममा सहभागी हुन आउने अतिथिहरूलाई संघका अध्यक्ष अंशु बन्जारासहित पदाधिकारी र सदस्यहरूले स्वागत गरेका थिए । संघले रङ्गहरूको उल्लासमय पर्वका रुपमा हरेक वर्ष होली मिलन गर्दै आएको र यस वर्षपनि अझ तयारीका साथ कार्यक्रम गरिएको अध्यक्ष बन्जाराले बताए ।

मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा संघसम्बद्ध साना तथा मझौला उद्यमीहरूले उत्पादन र बिक्री वितरण गर्दै आएका अर्ग्यानिक उत्पादनहरूको स्टल समेत राखेर प्रवर्द्धन र बिक्री वितरण गरिएको थियो ।

View : 6206

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved