Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले मोरङ कार्यालयमा १० बर्षपछि विद्या भण्डारी (फोटो)

उद्‌घोष संवाददाता
३ भदौ २०८२, मङ्गलवार

विराटनगर । नेकपा एमाले मोरङको पाञ्चालीस्थित पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० बर्षपछि प्रवेश गरेकी छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर स्थानीय कार्यकर्ताहरूले पार्टी कार्यालयमा नजान गरेको उर्दीका वावजुद भण्डारी समर्थकहरू ठुलो संख्यामा पाञ्चाली पुगेका थिए ।

पार्टी कार्यालयमा कुनै औपचारिक कार्यक्रम नभएको एमाले मोरङका सचिव सोमराज थापाले बताएका थिए । 

पूर्वराष्ट्रपतिको सेवा सुविधा त्यागेर आफैंले काम गरेको पार्टीमा फर्किएकी भण्डारीलाई ठुलो संख्यामा एमाले नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

भण्डारीलाई एमाले केन्द्रीय सदस्य रामलाल साह, सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, मोरङका अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा लगायतका जिल्लास्तरका अधिकांश नेता कार्यकर्ताहरूले फुलगुच्छा दिएर स्वागत गरेका थिए ।

भण्डारीले पाञ्चालीस्थित पार्टी कार्यालयको प्राङ्गणमा मदन भण्डारी लगायतका नेताहरूको प्रतिमामा माल्यार्पण गरेकी थिइन् । त्यसपछि सभा हलमा समर्थक तथा नेता कार्यकर्ताहरूका बीच ६ मिनेट लामो अलिखित सम्बोधन गरिन् । 

धेरै भएकोले मलाई यहाँ आउन मन लाग्यो, मैले जिल्ला कमिटीका नेताहरुलाई भनें, हुन्छ हामी अफिस देखाउँछौं भन्नुभयो, मलाई भवनमा के परिवर्तन भयो, भौतिक संरचना भनेर हेर्न मन थियो, संगठन प्रणाली त थाहा भएकै हो’ भण्डारीले भनिन्,  ‘धेरै पटक पार्टी कामको लागि बसेको, हामी रातभरी यहाँ भूईँमा सुतेका पनि छौं, त्यस्तो भएकोले यहाँ भेट्ने कार्यक्रम बनेको हो, अफिस हेर्न भनेर आएको हो, धेरै साथीहरूसँग भेट भयो ।’

उनले २०७२ को भुँइचालाेपछि अन्तिम पटक एमाले मोरङको पार्टी कार्यालयमा आएको बताइन् । त्यसको १० वर्षपछि मंगलबार उनी पाञ्चालीस्थित "मदन स्मृति भवन" मा आइपुगेको सुनाइन् ।

 

View : 687

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved