Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ट्रेड युनियन विभागको छात्रवृत्ति योजना

उद्‌घोष सम्वाददाता
९ फागुन २०८१, शुक्रवार

विराटनगर । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेस कोशी प्रदेश श्रमिक तथा ट्रेडयुनियन विभागको छात्रवृत्ति योजनाको विद्यार्थी छनोट कार्यक्रम झापामा शुरु भएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्यालले बिहीबार सो कार्यक्रमको उद्घाटन गरेका छन् ।

झापा जिल्ला निर्वाचन क्षेत्र नं ४ का २५ सामुदायिक विद्यालयका ५० विद्यार्थीको लिखित परीक्षाबाट उत्कृष्ट ६ विद्यालय छनोट गरी मौखिक प्रतिस्पर्धा गराएर ६ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् । 

फागुन १७ गते राष्ट्रिय रमणीय आदर्श मावि दूधेमा निबन्ध प्रतियोगिताबाट थप ३ जना विद्यार्थी छनोट गरिनेछ । यसरी छनोट भएका विद्यार्थीहरूलाई ३ वर्से कृषि र भेटनरी विषय अध्ययन गरेमा ५० प्रतिशतसम्मको र स्वेच्छिक विषय अध्ययन गरेमा २५ प्रतिशतसम्मको छात्रवृत्ति दिइने छ ।

छात्रवृत्तिबाट अध्ययन गराएर व्यवसाय गर्दा समेत आवश्यक सहयोग पु¥याइने विभागले जनाएको छ । साथै २८ वटै वडावाट १–१ जना विद्यार्थीलाई  प्रतिवर्ष जेटी, जेटीए, भेटनरी, अमिन जस्ता १८ महिने डिप्लोमा कोर्ष गर्न चाहने विद्यार्थीहरू लाई ५० प्रतिशतसम्मको छात्रवृत्तिको व्यवस्था गरी सोही वडामा व्यवसाय गर्न  सहयोग गर्नेे योजना रहेको बताइएको छ ।

सो योजनाको स्रोतको व्यवस्थापन स्थानीय संघ, संस्था, पालिका, वडा र दानवीहरूबाट जुटाइने श्रमिक तथा ट्रेड युनियन विभागका संयोजक उत्तम चौलागाईले जानकारी दिए ।

View : 165

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved