Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

डीआईजी कार्कीले जिम्मेवारी सम्हाले

उद्‌घोष सम्वाददाता
१ जेठ २०८२, बुधवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले आइतबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

गृह मन्त्रालयको यही बैशाख २१ गतेको निर्णय अनुसार उनी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडांैबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका हुन् ।

उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबिनारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीसहित वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत र प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रहरी नायव महानिरीक्षक कार्कीलाई प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो भने उनले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै कार्यालय परिसरमा रहेको पलाञ्चोक भगवती मन्दिरमा पूजा अर्चना र वृक्षारोपण गरेका थिए । 

पदभार ग्रहण पश्चात् उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले कोशी प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको विद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा रचनात्मक कार्यका बारेमा जानकारी गराएका थिए ।

View : 61

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved