असार १५ को अवसरमा सोमबार विहान विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, पतञ्जली योग कोशी प्रदेश सचिव शोभा कोइरालालगायत धान रोप्दै ।
‘छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाइ कुलो लगाइ पानी आएर गोडौंला ।’
असार १५ गते नेपालमा धान दिवसका र दहीचिउरा खाने पर्वका रुपमा मनाइन्छ ।
यो दिन दहीचिउरा खाने चलन छ । नेपाल कृषि प्रधान देश भएकोले अधिकांश मानिसहरु कृषि पेशामा संलग्न छन् ।
विशेषगरी धान खेति नेपाली अर्थतन्त्रको जीवनको एक महत्वपूर्ण आधारका रुपमा मानिन्छ ।
असार महिनामा वर्षायाम शुरूभएसँगै धान रोपाइँ शुरु गर्ने गरिन्छ । यो दिन किसानहरु सामुहिक रुपमा धान रोपाईं गर्दछन् ।
किसानहरु खेतमा धान रोप्दै एक आपसमा हिलो दलेर असारे गीत ‘छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौला बनाई कुलो लगाई पानी आएर गोडौंला’ गाउँदै मनोरञ्जनसमेत गर्ने गर्दछन् ।
आजको दिन देवी देवताको पूजागरी खेती शुभारम्भ गर्ने र दही चिउराको परिकार खाई खुशीयालीसमेत मनाउने गरिन्छ ।
किसानहरुका लागि असार महिना महत्वपूर्ण महिनाको रुपमा लिइन्छ विशेष गरी खेतमा आली लगाउने खेतका गरा सम्याइ रोपाईंको काम शुरुवात गरिन्छ ।
आजको दिनलाई सामाजिक सद्भावको रुपमा र ‘मानो रोपी मुरी उब्जाउने’ दिनको रुपमा लिइन्छ ।
असार १५मा दही चिउरा खाने विशेष परम्परा रहेको छ । दहीलाई शितलता र स्वास्थ्यको प्रतीक तथा चिउरालाई उर्जा दिने खाध्द्यान्नका रुपमा लिइन्छ ।
खेतमा मेहनत गर्ने किसानहरुलाई यसले शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । समयस“गै यो परम्परा किसानहरुमा मात्र नभई सम्पूर्ण नेपाली समाजमा लोकप्रिय पर्व बनेको छ ।
विराटनगर–९ स्थित नेपाल ग्रामीण विकास समाज केन्द्रको ज्येष्ठ नागरिक ब्रह्मज्ञानी विश्रामालयमा गत वर्ष झै यस पाली पनि ज्येष्ठ नागरिकहरु भेला भई भजनकीर्तन र रमाइलो गर्दै दहीचिउरा खाने ब्यवस्था गरेको छ ।
हरेक वर्ष ज्येष्ठ नागरिकहरु भेला भई सँगै बसेर दहीचिउरा र अन्य परिकार खाई यो पर्व मनाइन्छ ।
आजको दिन दहीचिउरा खादा गति परिन्छ भन्ने आहान छ । अहिले समय बदलिएको छ पहिले जस्तो खेतिमा जीवन विताउन नसके पनि त्यतिखेरको सम्झना मनमा आइरहेको हुन्छ । त्यही भएर असार १५ मा हामी समूहमा बसी दही चिउरा खाएर यो पर्व मनाउँदै आएका छौं ।
यो वर्ष असार १५ गते सोमवार परेको छ । ‘सोमे खेति बुधे घर’ भन्ने भनाइ रहेको छ ।
यो दिन रोपाईं शुरुवात गर्दा खेतिपातीको काम समयमानै सकिने र राम्रो उत्पादन पनि हुने भनाई पाइन्छ । दहीचिउरा खानाले हाम्रो शरिरमा पौष्टिकक्ता बढाउने, थकान मेटाउने र भोक मेटाउने काम गर्दछ
।
वास्तवमा असार १५ किन मनाइन्छ भनी भन्नु पर्दा खेतिपाति रोपाई गरेको हाम्रो देश कृषि प्रधान भएको हुँदा यसमा हामी सबै रमाउने गर्दछौ ।
पहिले पहिले हाम्रो देशमा उत्पादन भएको धान निर्यात गरिन्थ्यो ।
मलाई बाल्यकालको स्मरण भई रहेको छ म सानो छदा रोपाईका दिन खेतका आलीमा बसेर त्यति खेर हलि लाई खाजाको रुपमा रोटी अचार माछाको चटनी खान दिएको र धान रोपेको घरमा आमाले सबै परिवार लाई दहिचिउरा खान दिएको त्यो दिनको सम्झना आई रहेको छ ।
अत्यमा असार १५ केवल दही चिउरा खाने दिन मात्र नभई नेपाली कृषि संस्कृति परिश्रम र सामुहिकताको प्रतिकका पर्वका रुपमा मनाईदै आएको छ ।
दही चिउरा खाने दिवस केवल परम्परा निर्वाह गर्ने दिन मात्र होइन किसानको मेहनतप्रति सम्मान ब्यक्त गर्ने अवसर पनि हो त्यसैले असार १५ ले किसानको योगदानलाई सम्झने कृषि क्षेत्रको विकास र किसान प्रतिको सम्मानलाई अझ बलियो बनाउने संन्देश दिन्छ ।
यो मौलिक पर्व ज्येष्ठ नागरिक नेपाल ग्रामीण विकास समाज केन्द्रद्वारा सञ्चालित ब्रहमज्ञानी विश्रामालयमा हरेक वर्ष मनाउने गर्दछ ।
समाप्त
View : 164
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved