Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

श्रमिक दिवसमा तीनजना श्रमिकको सम्मान

उद्घोष सम्वाददाता
२० वैशाख २०८१, बिहिवार

विराटनगर । १३५ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उद्योग संगठन मोरङले श्रमिक सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

संगठनले सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समयदेखि कार्यरत तीन जना श्रमिकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा श्रीरघुपति जुट मिल्स लिमिटेडमा ३३ वर्षदेखि कार्यरत बलराम मण्डल, रिलायन्स स्पिनिङ मिल्समा २७ वर्षदेखि कार्यरत रामपवित्र साह र स्वस्तिक आयल इण्डष्ट्रिजमा ३६ वर्षदेखि कार्यरत ललनकुमार राय रहेका छन् ।

उनीहरूलाई संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपिन कावरा र ट्रेड युनियनका नेताहरूले संयुक्त रुपमा खादा, माला लगाई सम्मान–पत्र र जनही नगद एघार हजार पुरस्कार सहित सम्मान गरेका थिए ।

View : 58

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved