विराटनगर । बैंकिङ कसुर मुद्दामा मोरङ जिल्ला अदालतबाट पाँच बर्ष कैद र साढे ४४ लाख बढी जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
मोरङ जिल्ला अदालत विराटनगरको फैसलाले ५ वर्ष कैद र ४४ लाख ६२ हजार ८ सय रुपैयाँ जरिवाना सजाय सुनाइएका रतुवामाई नगरपालिका–५ का ४० वर्षीय साजनक मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलराज पोखरेलले बताए ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनलाई लुकिछिपी बसेको अवस्थामा बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मियाँलाई फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालत विराटनगरमा बुझाइएको प्रवक्ता पोखरेलले बताए ।
मियाँलाई मोरङ जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा २०८० साल चैत ७ गते फैसला गर्दै दोषी ठहर गरेको थियो ।
View : 50
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved