Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेरुडे–मिर्मिरे लघुवित्तको अध्यक्षमा मणिकुमार अर्ज्याल

उद्‌घोष संवाददाता
६ जेठ २०८२, मङ्गलवार

विराटनगर। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभाले विराटनगरका मणिकुमार अर्ज्याललाई अध्यक्षमा चयन गरेको छ। काभ्रेको धुलिखेलमा मङ्गलबार सम्पन्न साधारणसभाबाट उनी सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

साधारणसभाले वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भएबमोजिम संस्थापक समूहबाट अर्ज्यालसहित सन्तोष फुयाल र टेकबहादुर बोहरालाई सञ्चालकका रूपमा निर्वाचित गरेको छ। यस्तै, सर्वसाधारण समूहका तीन जना सञ्चालकहरूमा सुधीरकुमार श्रेष्ठ, सञ्जु घिमिरे र राजकुमार राई सर्वसम्मत चयन भएका छन् ।

साधारणसभाबाट छनोट भएका ६ जना सञ्चालक समिति सदस्यहरूबाट अर्ज्याल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। नयाँ समितिको कार्यकाल चार वर्षको हुने छ।

साधारणसभाले संस्थाको कर्पोरेट कार्यालय सार्ने सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। यसका लागि संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने तथा अन्य कुनै नियामक निकायबाट कुनै संशोधनको निर्देशन आएमा सोही बमोजिम नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ।   

View : 1125

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved