विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगीमा करेन्ट लागेर दुई जना बृद्धाको मृत्यु भएको छ ।
मंगलबार राति साढे ९ बजे छिमेकीको घरमा भएको बिवाहमा गएका ७३ बर्षीया सूर्यदेवी गनगाईं र ७० बर्षीया रामुदेवी गनगाईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण बाँसमा बाँधेको माइक ढलेर हाइ टेन्सन लाइनमा छोई विद्युत प्रवाह हुँदा करेन्ट लागि उनीहरु घाइते भएका थिए ।
घाइते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
View : 58
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved