Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

उद्‌घोष संवाददाता
२३ जेठ २०८३, शनिवार

सुनसरी । सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राती भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए । दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका-८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन् ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 47

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved