बिराटनगर । सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपाल (सोल नेपाल) को दशौँ राष्ट्रिय सम्मेलनको अवसरमा बिराट मेडिकल कलेज टिचीङ हस्पिटलमा मंसिर ४ गते शुक्रबार लाइभ इएनटी सर्जरी कार्यशाला हुने भएको छ ।
सोल नेपाल र बिराट मेडिकल कलेज टिचीङ हस्पिटलको सहकार्यमा लाइभ सर्जरी कार्यशाला हुने भएको हो ।
आयोजक समितिका सचिव डा. राजिव साहका अनुसार कार्यशाला बिहान ९ बजे हस्पिटलको छैटौँ तलाको सेन्ट्रल अडिटोरियममा सुरु हुनेछ । यसमा इन्डोहोल्ड जस्ट्याचको प्रयोगसहित एन्डोस्कोपिक कान शल्यक्रिया, एन्डोस्कोपिक कोब्लेसन एडेनोटन्सिलेक्टोमी र इएनटीमा बोटक्सको प्रयोगको प्रत्यक्ष प्रदर्शन गरिनेछ ।
मुख्य सम्मेलन मंसिर ५ र ६ गते सुनसरीको इटहरीस्थित रामदा होटलमा हुनेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंसिर ५ गते शनिबार दिउँसो २:३० बजे सम्मेलनको उद्घाटन गर्नेछन् ।
"Advancing ENT Care: Innovation, Accessibility and Excellence" भन्ने नाराका साथ हुने सम्मेलनमा २५० भन्दा बढी स्वदेशी र ८ जना विदेशी विशेषज्ञको सहभागिता रहने आयोजकले जनाएको छ ।
१२० वटा कार्यपत्र प्रस्तुत हुनेछन्, जसमा युवा चिकित्सक र रेजिडेन्टका लागि सीप अभिवृद्धिका कार्यशाला तथा पोस्टर प्रस्तुतीकरणका अवसर पनि रहनेछन् ।
View : 28
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved