Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसले समानुपातिकतर्फ २० सांसदको नाम टुंग्यायो

उद्‌घोष संवाददाता
२ चैत २०८२, सोमवार

Advertisement

विराटनगर । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ २० जना सांसदको नाम टुंगो लगाएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ महिला र ५ पुरुष गरी २० जना सांसदको नाम अन्तिम गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

निर्वाचन परिणामअनुसार कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन गरी अब कांग्रेसका कुल ६२ सांसद रहनेछन् । संवैधानिक प्रावधानअनुसार कांग्रेसले १५ जना महिला उम्मेदवार अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएकाले सोही आधारमा नाम छनोट गरिएको जनाइएको छ ।

छनोट गरिएका सांसदहरूमा आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको समुदायबाट गरी ५ जना समावेश छन् । कोशी प्रदेशबाट ६ जना परेका छन् । 

खस आर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला र रीना उप्रेती, आदिवासी जनजाति कोटाबाट गीता गुरुङ, भीष्मराज आङ्देम्बे र थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार कोशी प्रदेशका हुन् ।

कोशीमा प्रत्यक्षतर्फ कांग्रेसले चार क्षेत्र जितेको थियो ।

खस आर्य कोटाबाट
१. सुशीला ढकाल
२. रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

आदिवासी जनजाति कोटाबाट
७. गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे

मधेसी कोटाबाट
१३. निनुकुमारी कर्ण
१४. रेखाकुमारी यादव
१५. चन्द्रमोहन यादव

दलित कोटाबाट ः
१६. हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार

मुस्लिम कोटाबाट
२०. शाहजान खातुन

View : 153

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved