श्रीश्री रविशंकर #साभार
गुरुदेव श्रीश्री रविशंकर ज्यू सुखी, स्वस्थ्य र तनावयुक्त जीवन बाँच्नका लागि उहाँले मानव जगतमा पुर्याउनु भएको योगदान, मानव मूल्यहरुको पुनरुत्थान तथा उहाँद्वारा स्थापित ‘द आर्ट अफ लिभिङ’ मार्फत भएका अनेकौं सामाजिक कार्यहरुका लागि सरकारी र आम नागरिकको स्तरमा संसारभरी नै सम्मानित हुनुहुन्छ ।
उहाँ मानवीय मूल्यहरुका लागि अन्तर्राष्ट्रिय संस्थाका प्रमुख संस्थापक पनि हुनुहुन्छ । यी सबै ठूला र देखिने उपलब्धीहरुका साथै उहाँ एक सदगुरु हुनुहुन्छ, जसको स्पर्श आत्मीयताले भरिपूर्ण छ ।
गुरुदेवको जन्म १३ मे १९५६ (विसं २०१३ बैशाख ३१ गते) मा भारतको तामीलनाडू राज्य पापनासम भन्ने ठाउँमा भएको हो । बाल्यकाल जीवनदेखि नै आध्यात्मीक जीवन ध्यान तपस्यामा रहनु हुन्थ्यो । १७ वर्षको उमेरमा भागवत गीता, वेदका अतिरिक्त अन्य ग्रन्थहरु साहित्य तथा आधुनिक विज्ञानको अध्ययन गर्नु भएको थियो ।
पुज्य श्री श्रीले १९८२ देखि अत्यन्त शक्तिशाली र सरल श्वास प्रश्वास विधि ‘सुदर्शन क्रिया’को खोज र अनुसन्धान गरी सिकाउन थाल्नु भयो, जसले मानिसलाई तनावबाट मुक्त गरेर पूर्णतः वर्तमान क्षेत्रमा ल्याउँछ । द आर्ट अफ लिभिङको कोषको रुपमा यी विधि संसारभर सिकाइन्छ । द आर्ट अफ लिभिङ फाउण्डेशनद्वारा फ्रदान गरिने विविध कार्यक्रमहरुबाट संसारका कैयौ व्यत्तिहरुले शारीरिक र मानसिक समस्याहरुबाट मुक्ति पाएका छन् ।
द आर्ट अफ लिभिङ फाउण्डेशन एक गैरनाफमुलक शैक्षिक र मानवीय संगठन हो जो व्यक्तिगत स्तरमा शान्तिको सिर्जना गर्न विश्व समाजमा मानवीय मूल्यहरु प्रशारित गर्न प्रतिबद्ध रहेको छ । यो संसारभरी १८० भन्दा बढी देशहरुमा सञ्चालित छ । गैरसरकारी संस्थाको रुपमा यसले संयुक्त राष्ट्र संघ, आर्थिक तथा सामाजिक परिषद्को विभिन्न समितिहरुमा तथा स्वस्थ्य एवं द्वन्द्व सम्बन्धी समस्या समाधानका लागि विभिन्न गतिविधिहरुमा भाग लिएर परामर्शदाताको हैसियतले कार्य गरिरहेको छ ।
नेपालमा ‘द आर्ट अफ लिभिङ’ सन् २००३ मा सामाजिक संस्थाको रुपमा स्थापना भएदेखि विभिन्न सेवा कार्य माध्यमबाट, शैक्षिक, सामाजिक, अध्यात्मिक र मानवीय क्षेत्रमा योगदान पुर्याइ रहेको छ ।
हाम्रो विराटनगरमा पनि द आर्ट अफ लिभिङको आफ्नै नयाँ भवनको निर्माण गरेर सेवा, सत्संग र साधनाको माध्यमबाट सेवा गरिरहेका छौं । जयगुरु देव ।
(भट्टराई द आर्ट अफ लिभिङ विराटनगरका प्रशिक्षक हुन् ।)
View : 119
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved