विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान, प्रोत्साहन र व्यवसायिक विकासका लागि कोशी प्रदेशस्तरीय प्रतिभा खोजी कार्यक्रम सञ्चालन गरिने भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेशको आयोजनामा ‘कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिको पहिचान, कलाको व्यवसायिकताले बढाउँछ बाँच्ने आय र आत्मसम्मान’ भन्ने नाराका साथ प्रतिभा खोजी कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । त्यसका लागि २३ लाख रुपैयाँ खर्च लाग्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष नविनचन्द्र ढुंगेलले बताए ।
महासंघले करुणा फाउन्डेसन नेपाल तथा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र अन्य सहयोगी निकायहरूस“ग कार्यक्रमका लागि सहकार्य गरिरहेको उनले जानकारी दिए ।
प्रतिभा खोजीका लागि कविता, वक्तृत्वकला, गायन, नृत्य, चित्रकला, अभिनय, हस्तकला, नवप्रवद्र्धन लगायत नौवटा विधामा अपाङ्गता भएका व्यक्तिहरूले निशुल्क आवेदन दिन पाउने जनाइएको छ ।
यस्तो कार्यक्रमका माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूको संविधान, कानुन अनुसार सुनिश्चित अधिकारको थप संरक्षणमा सहयोग पुग्ने जनाइएको छ । साथै अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन समेत यस्तो कार्यक्रम उपलब्धीमूलक हुने जनाइएको छ ।
View : 123
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved