Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

दुर्गा मन्दिर योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव सम्पन्न

गणेश खड्काको नेतृत्वमा नयाँ समिति चयन
उद्‌घोष संवाददाता
२५ चैत २०८२, बुधवार

विराटनगर-१९ स्थित दुर्गा मन्दिर योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव एक विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं वडा अध्यक्ष श्याम घिमिरेले ठूलो मेहनत र सामूहिक प्रयासले यो साधना केन्द्र सञ्चालन भई यस क्षेत्रका नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताए ।

समारोहमा पतञ्जली योग समिति कोशी प्रदेशका सचिव शोभा कोइरालाले मानव जीवनमा नियमित योग र ध्यानको अपरिहार्यतामाथि जोड दिँदै अब हरेक विद्यालयमा दक्ष योग शिक्षक हुनुपर्ने धारणा राखिन् ।

सो अवसरमा पतञ्जली योग समितिका महानगर अध्यक्ष माधव अधिकारी, महिला महानगर अध्यक्ष कुमारी तामाङ, मोरङ उपाध्यक्ष दामोदर पोखरेल र निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल लगायतले केन्द्रको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

वार्षिकोत्सवकै अवसरमा केन्द्रको आगामी कार्यकालका लागि गणेश खड्काको संयोजकत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ।

जसको सह-संयोजकमा सत्यनारायण शाह रहेका छन्  भने सदस्यहरूमा भगवती डाँगी, कमला कटुवाल, लभराज गौतम, राजु रिजाल र अम्बिका खड्का चयन भए।

त्यसैगरी साधना केन्द्र  संयोजकमा बसन्त खनाल तथा वरिष्ठ सल्लाहकारमा दमन्ता खनाल र बाबुराम कोइराला छन् । मोरङ प्रशिक्षण विभाग प्रमुख बाबुराम बानियाँले स‌ंयाेजकत्वमा सञ्चालित उक्त कार्यक्रम आध्यात्मिक विधिअनुसार होम-होमादि गरी समापन गरिएको थियो।

View : 160

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved