Biratnagar, Morang, Nepal
२५ कार्तिक २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

उद्‌घोष संवाददाता
२४ कार्तिक २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । यमपञ्चकको चौथो दिन आज देशभर गोवर्द्धन पूजा र हली तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वतको पूजा गरी यो पर्व मनाउने परम्परा रहेको छ ।

धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई वर्षाबाट जोगाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने गरिन्छ। यस दिन गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने चलन छ ।

त्यस्तै, कृषिकर्ममा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुको पूजा गरी हली तिहार मनाउने परम्परा पनि रहेको छ। किसानले गोरुलाई माला, टीका लगाई मीठा परिकार खुवाएर पूजा गर्ने गर्छन् ।

यस दिन कतिपय समुदायमा गाई, गोरु तथा कृषि कार्यमा प्रयोग हुने पशुको समेत पूजा गर्ने चलन रहेको छ ।

View : 36

२५ कार्तिक २०८३, बुधवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved