Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बाढीले जोखिममा परेको पुल जोगाउन श्रमदान

उद्‌घोष संवाददाता
१८ जेठ २०८२, आइतवार

विराटनगर । धरान उपमहानगरपालिका–१५ बगरटोलमा शनिबार रातीको बाढीले पक्की पुलमा क्षति पुगेपछि त्यसलाई जोगाउन भन्दै श्रमदान गरिएको छ । 

मेयर हर्क साम्पाङको आह्वानपछि आइतबार विहानैदेखि भेला भएका स्थानीयले क्षति पुगेको ठाउँमा ढुंगा हालेका छन् ।

सयौंको संख्यामा उपस्थित भएका स्थानीयले पुलको पिलर र पुलको दुवैपटिको छेउमा रहेको रिटेनिङ वाललाई बाढीबाट जोगाउनका लागि तारजाली हालेका छन् ।

धरानको वडा नम्बर ५ र १५ नम्बर वडालाई जोड्ने उक्त पुलमा जेठ १७ राती आएको बाढीले क्षति पुर्‌याएको छ ।

View : 430

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved