Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

चोरी तस्करी रोक्न द्विदेशीय प्रतिबद्धता

उद्‌घोष सम्वाददाता
७ वैशाख २०८२, आइतवार

विराटनगर । खुला सीमानाका कारण हुन सक्ने चौरी तस्करी, लागुऔषध तथा मदिराको ओसारपसार र अवैध मुद्राको कारोबार नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरूले सहकार्य गर्ने सहमति दोहोर्याएका छन् ।

शनिबार भारत बिहारको ठाकुरगन्जमा सम्पन्न नेपाल भारत सीमा संयुक्त समन्वय समितिको नियमित बैठकमा सहभागी दुवै देशका प्रशासन र सुरक्षा अधिकारीहरुले चोरी तस्करी, लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, अवैध मुद्रा कारोवार नियन्त्रणका लागि एक आपसमा सूचना आदान प्रदान गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

नेपालको मोरङ र झापा जिल्ला तथा भारत विहारको किशनगञ्ज जिल्लाका पदाधिकारीहरूसहितको बैठकमा मोरङ र झापाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान, भन्सार कार्यालय, नापी कार्यालय, वन कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

View : 107

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved