Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ

उद्‌घोष सम्वाददाता
८ असोज २०८१, मङ्गलवार

काठमाडौँ, ८ असोज । झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङ नेत्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० मनमैजु बस्ने ३१ वर्षीय मदनबहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौँ महानगरपालिका–६ महाङ्काल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दी शेर्पालाई पक्राउ गरिएको हो । 

जुवासम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका चीनको स्वशासित क्षेत्र तिब्बतका सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकता प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद  चार लाखमा बनाइदिएको खुल्न आएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्त छिरिङ ढुन्डुपसहित चार जनालाई पक्राउ गरेको हो । रासस

View : 133

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved